दिन भरी को कामको चटारो सिध्याएर अफिसबाट निस्कने बेलामा फोन आयो । 'हेल्लो' म सिमान्त बोलेको यार आज मेरो सानो एउटा पार्टी छ तँ जस्सरी पनि आइज है !
जान त खासै मन थिएन तर पनि बचपन देखीको साथी ले त्यती भनिसकेपछी जानै पर्यो भनेर गाडी सोझै कोठा तिर नलगी शेख जायद रोड हुँदै सिधै लागे अजमन सिटी तिर । आज बिहीबार, यहाँ त झुमेला को रात भन्छन, भोली शुक्रबार यहाँ सार्वजनिक बिदा को दिन आज को रात चै हाम्रो गूड फ्राइ डे भने जस्तै हो । ट्राफिक अलिक बढी नै भएको ले म गीत सुन्दै गाडी हाँक्दै थिएँ । सि.डि प्लेयर मा Boyzone को words भन्ने गीत बजिरहेको थियो अनी म आफ्नै सुरमा गेअर चेन्ज गर्दै स्टेरिङ्ग दाँया बाँया घुमाउन ब्यस्त थिए । सिटी आउन लागेपछी त्यही अनुसार को गतीमा हिंड्नु पर्यो अनी फेरी खासै पार्टी मूड नभएको ले पनि अलिक बिस्तारै नै जाँदै थिएँ म । एक हुल नेपाली केटीहरु को बगाल lulu भन्ने Hypermarket बाट Road Cross गरेर गए । अनी स्टेरिङ्ग दाँया घुमाएर म चै लागे Beach Hotel तिर जहाँ सिमान्त ले पार्टी दिएको थियो ।
गाडी पार्कीङ गरेर राखेर मुल गेट मा जाँदै थिए बाटो मा नै सिमान्त रहेछ । "Welcome My Fren, Welcome " भन्दै हात मिलाउन आइपुग्यो बजिया । के के न ईंग्लिश बोल्ने टोपलेको भनेर मन मनै भन्दै मुख ले चै ईंग्लिश मा नै " Thank You " भने । करीब ९ बजे तिर पार्टी सुरु भयो । उही त हो पार्टी भने पछी drinks त गर्नै पर्ने । आज चै मलाई cuban cocktail खाने मूड चल्यो अनी आँफैले बनाएँ spearment, rum , lime, club soda, को cocktail को स्वाद नै छुट्टै ।
बिदेश मा भए पनि स्वदेश को राजनीति का टिका टिप्पणी हरु, यौवन र स्कुले दिन का यादहरु को कुरा हरु गर्यो एकछिन यसो दोहोरी गाएर नाच गान गर्यो त्यही त हो, भोली त फेरी उही duty को हतार सबैलाई । करिब १२ बजे तिर पार्टी सकाएर म आफ्नो कोठा तिर लागे । झिलिमिली भएर बलेका बत्ती हरु आज अर्कै लाग्दै थिए मलाई । सधैं देखेकै हो तर पनि आज भिन्नै किसिम को रमाइलो थियो, cocktail को नशा हुनुपर्छ शायद, खोला नै नभएको ठाउँमा बनेका पूलहरु अचम्म को लाग्दै छ आज । यस्तै वाइयत कुराहरु मा अल्झिदै बल्ल आइपुगेँ आफ्नो कोठामा ।
क्रमश....
Thursday, November 27, 2008
Monday, November 24, 2008
यो जिन्दगी खै के जिन्दगी
"यो जिन्दगी खै के जिन्दगी " सधैं को एकनासे जिन्दगी, यस्तो जिन्दगी बाँच्न पनि बेक्कार लाग्ने अनी मर्न त झन सकिदै नसकिने । जिन्दगी मा केही नौलो गर्नु पर्यो भनेर सोच्यो सोचाइमा नै सिमित भयो बस्यो । आखिर गर्ने पनि के त ?? न त newton को जस्तो उल्टो दिमाग नै पाइयो स्याउ किन माथि जादैन तल नै झर्छ भनेर सोच्ने न त shaekspere को जस्तो सिर्जन शक्ती नै पाइयो न त bill gates को जस्तो सम्पत्ति छ । हुनपनी 147181 sq km जम्मा भु-बनोट भएको देशलाई ८०० जिल्लामा बाड्ने भनेर कागताली मन्त्री पड्काउने देश मा त जन्मिएको कता नयाँ नौलो कुरा पाउने । हिजो को बिहान त्यही मन्त्री गोपाल किराती को हल्ला discuss गर्दा गर्दा गयो । तर पनि यस्तो कुराहरुमा discuss गर्न रमाइलो नै हुने रहेछ त्यो चै एउटा नौलो कुरा पत्ता लाग्यो ।
सधैं एउटै जिन्दगी बिहान ५ बजे उठ्यो नुहायो त्यही पाउरोटी र अन्डा अनी चिया खाउ त्यस पछी चढ बस अनी लाग duty गर्न त्यो नेपाली मा उखान छ नि "कुकुरले कुन्नी के हो नखादै ..... " आफु चै duty गर्न लाग्नु पर्ने कती पछी दौडिने हो पैसा को पछाडि, हरेक कुरा पैसा पैसा पैसा । कहिले पुरा गर्ने खै आफ्नो इच्छा र आकक्षाहरु । हुन त एउटा मान्छे को माया ले कती फरक पार्दछ जिन्दगीमा भने जस्तो आफुलाई त माया गर्ने ले पनी छोडेर गएर होला जिन्दगी नै बिरक्त लागेको । सोच्छु केही धमाका गर्नु पर्यो जिन्दगी मा तर खोइ के गर्ने । एउटा नवराज भन्ने दाई ले भने जस्तो Thai lottery पार्नु पर्यो भनेको तर टिकट किन्नै मन लाग्दैन ।
Internet मा बस्यो यसो पैसा कमाउने site सर्च गर्न पर्यो भन्यो एउटा कोही न कोही टुप्लुक्क आइपुग्छ Hii भन्न chatbox मा अनी त के को खोजमुलक site हो र गर्न थाल्यो च्याट । हिजो यत्तिकै online बसेको एउटा नयाँ ID च्याट गर्न आयो,
spr32 : hii
म : hello who is this ?
spr32 : Spangila here n u?
म : M Bibek here... asl plz
spr32 : 17/f/german
यसरी सुरु भयो च्याट अनी मैले सोधे नेपाल थाहा छ तिमीलाई उसले भनी सुनेको थिए, "Mt. Everest को देश हैन त " । म अलिक फुरुङ हुँदै हो भने । उसले मलाई सोधी एभरेष्ट चढेका छौ कहिल्यै ?
म पनि के कम भनिदिए चढेको छु भनेर त्यसपछी उसले सोधी के देख्यौ एभरेष्ट को टुप्पो बाट? मैले पनि जिस्केर भनिदिए निलो आकाश अनी तल धर्ती मा तिमी जस्तै परीहरु ।
केटी त निकै चलाख निस्की अनी सोधी, " परी सँगै भएको देवदुत लाई चै देखेनौ ?" मैले पनि भनी दिए " तिमी जस्ती परी लाई देख्दा देवदुत को के अर्थ भयो र "
उसले थपी love गरेको छौ अहिले सम्म ? मैले भने " I am not virgin but have not love yet because I have not met someone like you ".
त्यही बेला मोबाईल बज्यो, कस्तो डिस्टर्ब गर्न पर्ने यही बेला भनेर हेरे, रोशन को misscall रहेछ अनी त त्यो च्याट मा पो भन्छ एभरेष्ट को टुप्पो मा पनि टावोर टिप्छ भनेर .... धत साला १७ वर्षे भनेर गफ देको त उल्लो पो भइएछ अनी बन्द गरे च्याट बक्स र काम गर्न थाले । यात्रो १० - १२ वर्ष भयो net मा च्याट गर्न थालेको आज उल्लो बनियो ।
जे होश एकछिन एक्लै हासे अनी सुरु गरे काम गर्न ।

Saturday, November 22, 2008
एउटा मान्छे को माया ले कती
" एउटा मान्छे को माया ले कती फरक पर्दछ जिन्दगीमा " नेपथ्यमा यही गीत बजिरहेको थियो म मेरा जिन्दगीका पाइलाहरु सकी - नसकी अगाडि बढाइ रहेको छु । अनायसै मलाई background मा बजेको गीत ले उस्को सम्झना आउछ । असीमित चाहना धेरै माया गर्थे मैले उस्लाई तर पनि जिन्दगी ले यस्तो मोड मा ल्याएर छोडिदियो जहा बाट म उसँग फेरी फर्केर जान सकिन न त उनी नै मेरो हुन सकिन ।
छ्या म पनि के के सोच्न पुग्छु जस्तो लाग्यो अनी लागे आफ्नै काम तिर । यो खाडी को दुनियाँमा बिहानै ५:३० मा उठेर काम मा जानु पर्ने कस्तो जिन्दगी पाइएछ जस्तो लाग्यो तर पनि के गर्नु जनै पर्यो नत्र ५० dhs काट्लान भन्ने डर । आज शनिबार को दिन नेपाल मा भएको भये टन्न सुतेर ९ बजे तिर उठेको याद आयो तर यता त के शनिबार के आईतवार गर भाई काम शुक्रबार एकदिन बिदा हुन्छ त्यही पनि ओवर टाईम गर्नु पर्ने रे हरे शिव कस्तो दुनियाँ मा आइएछ यस्तै सोच्दै कपडा लगाएर हिंडे काम तिर । हिजो बेलुका खाएको रक्सी को hang अझै सम्म थियो । Mobile पनि हिजो पानी मा खसेर बिग्र्यो अनेक हुन्छ नहुने बेलामा ।
बस चढेर काम तिर लागेको त बस मा पनि " एउटा मान्छे को माया ले कती फरक पर्दछ " रे होइन यो माधव दाई पनि के भाको बिहान बिहान यस्तो गीत भनेर कराइदिए आफ्नो ब्यथा लुकाएर नै भए पनि । तर वास्तविक्ता ले त कहाँ छोड्छ र भित्र भित्रै त निकै सम्झिये उनिलाई तर पनि अनुहार मा त्यो भाब ब्यक्त हुन नदिने असफल कोशीस चै गर्नुपर्यो ।
दिन भर काम मा ब्यस्त भइयो कसैको माया को पनि याद आएन तर जे भएपनी नारायण गोपाल को यो गीत ले दिन भर मुटु छोइरह्यो । हुनपनी एउटा मान्छे को माया ले कती फरक पर्दछ जिन्दगीमा भन्ने कुरा चै थाहा छ नत्र भने यो खाडी मा किन आउने थिए होला र म ।

Subscribe to:
Posts (Atom)