Saturday, November 22, 2008

एउटा मान्छे को माया ले कती

" एउटा मान्छे को माया ले कती फरक पर्दछ जिन्दगीमा " नेपथ्यमा यही गीत बजिरहेको थियो म मेरा जिन्दगीका पाइलाहरु सकी - नसकी अगाडि बढाइ रहेको छु । अनायसै मलाई background मा बजेको गीत ले उस्को सम्झना आउछ । असीमित चाहना धेरै माया गर्थे मैले उस्लाई तर पनि जिन्दगी ले यस्तो मोड मा ल्याएर छोडिदियो जहा बाट म उसँग फेरी फर्केर जान सकिन न त उनी नै मेरो हुन सकिन ।

छ्या म पनि के के सोच्न पुग्छु जस्तो लाग्यो अनी लागे आफ्नै काम तिर । यो खाडी को दुनियाँमा बिहानै ५:३० मा उठेर काम मा जानु पर्ने कस्तो जिन्दगी पाइएछ जस्तो लाग्यो तर पनि के गर्नु जनै पर्‍यो नत्र ५० dhs काट्लान भन्ने डर । आज शनिबार को दिन नेपाल मा भएको भये टन्न सुतेर ९ बजे तिर उठेको याद आयो तर यता त के शनिबार के आईतवार गर भाई काम शुक्रबार एकदिन बिदा हुन्छ त्यही पनि ओवर टाईम गर्नु पर्ने रे हरे शिव कस्तो दुनियाँ मा आइएछ यस्तै सोच्दै कपडा लगाएर हिंडे काम तिर । हिजो बेलुका खाएको रक्सी को hang अझै सम्म थियो । Mobile पनि हिजो पानी मा खसेर बिग्र्यो अनेक हुन्छ नहुने बेलामा ।

बस चढेर काम तिर लागेको त बस मा पनि " एउटा मान्छे को माया ले कती फरक पर्दछ " रे होइन यो माधव दाई पनि के भाको बिहान बिहान यस्तो गीत भनेर कराइदिए आफ्नो ब्यथा लुकाएर नै भए पनि । तर वास्तविक्ता ले त कहाँ छोड्छ र भित्र भित्रै त निकै सम्झिये उनिलाई तर पनि अनुहार मा त्यो भाब ब्यक्त हुन नदिने असफल कोशीस चै गर्नुपर्‍यो ।

दिन भर काम मा ब्यस्त भइयो कसैको माया को पनि याद आएन तर जे भएपनी नारायण गोपाल को यो गीत ले दिन भर मुटु छोइरह्यो । हुनपनी एउटा मान्छे को माया ले कती फरक पर्दछ जिन्दगीमा भन्ने कुरा चै थाहा छ नत्र भने यो खाडी मा किन आउने थिए होला र म ।

No comments: