Thursday, December 11, 2008

" ट्रोमिस " एउटा छुट्टै दुनियाँ - VII

सबैजना अब के गर्ने भन्ने कुरामा अल्झी रहेका थिए तर किन किन मलाई त्यहाँ जान मन लाग्यो । हुनत मलाई थाहा थियो यो खतरासँग खेल्नु हो तर पनि मलाई किन किन भित्री मन ले नै जा जा भनी रहेको थियो । म मेरो दिमाग र मन को दुबिधामा अल्झिरहेको थिएँ । होटेलको मान्छे आएर बिल दिनुहोस भनेपछी पो झस्किएँ । सबै हतार हतार बिल तिरेर जाँदै थिए । म पनि बिल तिरें तर जाने कहाँ ? सोचें जानु पर्‍यो त्यतै तिर जहाँ अघी आवाज आएको थियो ।
कार start गरेर air pressure बढाएर अलिक धेरै गतीमा car हाँक्दै अगाडि बढेँ, मनमा डर र आशंका त थियो केही भइ पो हाल्छ की भन्ने तर पनि अगाडि बढें । मेरिन नदीको किनारमा पुग्न लागेको थिए नदीको धार एकदम तेज थियो अनी पारी जंगलको छेउ मा एउटा नौलो यान थियो । म गाडी रोकौ कि नरोकौ दोधारमा परें । तर हिम्मत गरेर त्यहाँ सम्म पुगिसकेपछी म अगाडि बढ्छु भनेर अझै अगाडि गएँ । मोलिन अन गर्न खोजें तर भएन । त्यो यान निकै ठुलो थियो अनी हेर्दै भयानक र कुनै पातलो वस्तुले छोपेर राखेको जस्तो थियो । तर त्यो यानबाट कोही बाहिर निस्केको मैले देखिन । मलाई अब निकै उत्सुकता भएको थियो ।
मैले सोचें यो भन्दा राम्रो मौका फेरी आउँदैन त्यसैले नजिक नै जान्छु । बिचमा मेरिन नदी जोड सँग बगिरहेको थियो । मैले पहिले मेरो कारको floating wings र revolving gage चेक गरे कतै बिचमा नै त डुब्ने हैन भनेर हुन त डुबी हालेपनी हिजो स्टोर गरेको air ले यसलाई float गर्छ भनेर ढुक्क भएँ । अब त्यो यान र मेरो बिचमा मेरिन नदी मात्र थियो । सोचेको थिएँ कतै त्यो यान उडेर जाने त होइन तर त्यो त अझै त्यही थियो ।
म पनि कारलाई २०० माइल को pick state मा राखेर मेरिन नदीमा पसें । कारको floating wings लाई revolving gage को मद्घतले ९०० spin प्रती सेकेन्ड दिएको थियो त्यसैले कुनै सबम्याराइन भन्दा कम थिएन । म सँग साथमा triple bullet rager बन्दुक पनि थियो त्यसैले अलिकती ढुक्क भएँ । तर साथमा क्यामरा थिएन सबै भन्दा बोर लाग्यो । तरपनी कारलाई अगाडि बढाइरहें । अब मेरो र तिनिहरु बिच को दुरी केबल २०० मि. जती मात्र थियो । मलाई डर सँगै रोमान्चकता भइरहेको थियो । के होला त्यो चिज? कस्तो होला? यस्तै यावत कुराहरु मन मा खेल्दै थिए । मेरिन नदी पनि पार भयो । अब हामी निकै नजिक थियौ, जब म floating wings बन्द गरेर गाडी अलिकती अगाडि बढाएको थिएँ । मेरो गाडी स्टार्ट बन्द भयो अनी सिग्नल पनि छैन । म निकै डराएँ । त्यही बेला केही चिजहरु बाहिर निस्केर जंगलतर्फ लागेको देखें । ढोका खोलेर जान्छु भनेर ढोका खोल्न लागेको ढोका पनि बन्द छ । अब म डरले केही सोच्न सक्ने अवस्था मा थिइन ।
क्रमश :

Sunday, December 7, 2008

" ट्रोमिस " एउटा छुट्टै दुनियाँ - VI

" सुन्दरता तिम्रो यस्तो छ हेरेर आँखा कहिले नथाक्ने " ब्लोडिमस को यो गीत कारमा लगाएर बिस्तारै खाजा खाने होटेल खोज्दै थिएँ । एउटा सफा चिटिक्क परेको होटेल भेटियो । ढोकामा देख्दै डर लाग्ने भुस्तिघ्रे को सलामलाई अभिवादन फर्काएर भित्र पसेर कुनाको टेबल मा बसें । एउटा सुन्दर जवान युवती आएर खाजा के लिने भनेर सोधी । मैले मलाई मन पर्ने क्रोविस र टरवाइन को ३ पेग मगाएँ । पानी परेकोले ज्यान अलिक चिसो भएको थियो ।

होटेल को झ्यालबाट बाहिर हेर्दै खाजा खाँदै थिएँ । मैले आकाशमा फेरी त्यस्तै नौलो चिज देखें । रक्सी लागिसकेछ कि क्या हो भनेर आँफैलाई एकपल्ट चिमोटें । तर त्यो त झन झन ठुलो अनी तल तल झर्दै थियो । मैले मेरो मोलिनबाट भिडियो खिच्ने कोशीस गर्दै थिए मोलिन आँफै स्विच अफ भयो । ब्याट्ट्री त पुरै थियो कसरी यो सम्भव भयो अचम्म लाग्यो । वरपरका मान्छेहरु पनि मोलिन के भयो भनेर हेर्दै थिए । सबैको मोलिन एकैसाथ स्विच अफ हुनु एउटा चमत्कारजस्तै भयो । त्यो चिज हेर्दा-हेर्दै निकै तल आयो शायद त्यही मेरिन नदी को किनार वरपर को जंगल छेउमा झर्ने कोशीसमा थिए । त्यसपछी एउटा ठुलो आवाजसँगै त्यो चिज हरायो । शायद त्यो चिज झरेको हुनुपर्छ । सबैजना के भयो कसो भयो कहाँ भयो केही भन्न सकेनन । सबैको आँखामा एउटा त्रास स्पष्ट देखिन्थ्यो । म पनि निकै त्रसित भएँ । ब्लोविनलाई फोन गर्न मोलिन पनि बिग्रियो अब म के गर्ने सोच्नै सकिन ।
क्रमश:

Saturday, December 6, 2008

" ट्रोमिस " एउटा छुट्टै दुनियाँ - V

हिजो बेलुका ढिला सुतेको भएर होला आज बिहान ९ बजे मात्र आँखा खुल्यो त्यहीपनी ब्लोविनले उठाएर मात्र । आज को मौसम निकै खराब छ । बिहानै पानीका छिटा पर्दैछन । आकाश गर्जिरहेको छ र गर्जाइमा बिजुलिले पनि साथ दिएको छ । मलाई पटक्कै मन पर्देन यस्तो मौसम । बिहान उठेर नास्ता खाँदै गफ गर्दै थियौं अनी साथमा " ट्रोमिस टाईम्स " पढिरहेको थिएँ । आजको मुख्य समाचार नै unknown flying Things (UFT) को बारेमा रहेछ । अनी इस्टास्टीको बैज्ञानीक सभा हलमा आज यसै बिषयमा सेमिनर चल्दै रहेछ । यसो सोचे आज त्यतै जानुपर्छ कि भनेर । अनी ब्लोविनलाई जाउँ भनेर भनेको उसको त आज मिनिसा सँग डेटिङ छ रहेछ । मिनिसा ब्लोविन कि गल्फ्रेन । जहाँसम्म मलाई याद छ यिनिहरुको सम्बन्ध गासिएको ५ वर्ष पनि बढी भइसकेको छ । एकपल्ट मलाई ब्लोविन ले उनिहरुको सम्बन्धको बारेमा मेलमा लेखेको थियो । मिनिसा अहिले "ट्रोमिस एअर फोर्स " मा क्याप्टेन रहिछिन । एउटा anti nature पढ्ने अर्को बिज्ञानले गरेको चमत्कारसँगै हावा मा उड्ने अलिक नमिलेको जोडी हो कि भनेर मन मनै सोचे ।


अब म आएको मेरो ब्यवसाय को कामको लागि म पनि अचम्मैको मान्छे आफ्नो बिषय नै होइन निकै निती-खोजी गर्नुपर्ने । तरपनी कुनै बिषयमा ज्ञान राख्दा के नै हुन्छ र जस्तो लाग्यो । त्यसैले जाने निधो गरें । टिकट को १२०० मिनाल रहेछ । ब्लोविन मलाई ढोकाको चापी दिएर गयो मिनिसालाई भेट्न, म पनि एकछिन समाचार पढेर ब्रेकफास्ट गरेर निस्किएँ आफ्नो गन्तब्यतिर । बाटोमा मेरिन को किनार हुँदै जानु पर्ने रहेछ । बाहिर देखिएका मेरिनको छालहरु हेर्दै अनी इस्टास्टीको सुन्दर सफा रोडहरुको मनमनै बयान गर्दै ठीक १२ बजे पुगें सभा हलमा । भित्र पुगेपछी देखें त्यहाँ अहिले सम्म देखिएका UFT का photo हरुसँगै " Mission Eliminate UFT " लेखिएको स्क्रीन थियो । कोही चिन्तित मुद्रामा त कोही अचम्मित मुद्रामा ।




भनेको समयमानै सेमिनार सुरु भयो । आज को मुख्य अतिथी Defence Minister निकिमु थिए । उनले अब ट्रोमिस त्यसै चुप लागेर बस्न नहुने र यसको समाधान चाडै नै गर्नु पर्ने र त्यसको लागि सबै बैज्ञानीकहरुलाई ट्रोमिसलाई घेरेर राख्ने एउटा पातलो Orbitsphere जमिन भन्दा ६०० किमी माथि बनाउने घोषणा गरे । त्यसको लागि चाहिने सम्पूर्ण आर्थिक, भौतिक, बैज्ञानीक लगायत सबैकुराहरुको लागि अब २ दिन भित्र सरकारले सबै कुर बिनियोजन गर्ने कुरा गरे । साथै अब त्यस्तो केहीचिज फेरी देखिएमा Air Force लाई सम्पूर्ण कारबाही गर्ने पूर्ण अधिकार दिए । जेहोस देशमा यस्ता मन्त्रीहरु भएर नै देश शान्त र सुन्दर छ । हरेक निर्णयहरु छिटो अनी भरपर्दो गर्ने खुबीकै कारण निकिमु Defence Minister मा टिकिरहेका हुन । आज यिनै घोषणाहरु सँगै सेमिनार अन्त्य भयो । घडीमा ३:३० भइसकेको थियो । बाहिर मुसलधारे पानी परिरहेको थियो । म चाँही अब केही खानु पर्‍यो भनेर होटेल खोज्दैछु ।


क्रमश :

Thursday, December 4, 2008

" ट्रोमिस " एउटा छुट्टै दुनियाँ - IV


" ब्लोविन, एउटा अचम्म को कुरा सुन्छौ ? " मैले बिस्तारै उसलाई बाटोमा भएका सबै कुराहरु बेलिविस्तार लगाएँ । सोचेको थिएँ ब्लोविन ले केही विश्वाश गर्दैन होला अनी हकार्ने त हैन भनेर । तर मेरो सोचाइको ठीक विपरित उसले निराश मुद्रा बनाउँदै, " स्टेला, तिमीलाई थाहाछैन रहेछ बितेको केही हप्ता देखी यहाँ अनौठो जिबहरु देखिएको हल्ला छ हरेक रात १२ - १ बजे को बिचमा तिमीले भनेको जस्तो यानहरु आकाशमा देख्नेहरु थुप्रै छन । खोइ शायद अब ट्रोमिसमा बस्न निकै खतरा होला जस्तो छ । स्पर्लिनतिर त्यस्तो केही छैन र ?" अब अचम्म पर्ने पालो मेरो थियो । किनभने यहाँ इस्टास्टीमा त प्राय सबैलाई थाहा रहेछ । कतिले त तिनिहरु झरेर मेरिन नदीको छेउ-छाउ बस्छन भनेर पनि भन्दा रहेछन तर अहिलेसम्म कसैले देखेको चाँही छैन रहेछ ।

ट्रोमिस को राजधानी इस्टास्टी भएर बग्ने मेरिन नदी यहाँको अती राम्रो पर्यटकिय क्षेत्र हो । वर्षेनी ३५ लाखको हाराहारीमा पर्यटक त्यहाँ पुग्ने तथ्याकं पर्यटन बोर्डले जारी गरेको थियो । त्यहाँ भएको पार्क अती बिकासित नमुना मा पर्छ । नदिको पानीलाई पाइपको माध्यामले पार्क भित्र लगेर water wind बनाएर दुई भागमा बाडेर तिनिहरुलाई म्युजिक को तालमा लडाईं भएको जस्तो परिकल्पना तयार गरिएको छ । प्रबिधी पनि अचम्मको चिज हो । त्यस माथि चिसो हावा चलिरहने नदी किनार भन्दा अलिक माथि भएको जंगल जहाँ ३०० प्रजातिको जिव - जनावर राखेर ५०० बर्ग किलोमिटर मा निर्माण भएको प्राकृतिक चिडियाखाना यहाँ को मुख्य आकर्षण हो । त्यस्तै इस्टास्टी शहरलाई पुग्ने १७०० मेगावाट को Hydro Project अनी अलिकती तल गएर निर्माण गरिएको Irrigation spot साच्चिकै दर्शनीय छन । यस्तो ठाउँमा ति खतरनाक जिवहरु आएको सुन्दा आङ नै जिरिङ्ग भएर आयो । के हुन लागेको हो कहिले पनि यस्तो अशान्ती र भय थिएन ट्रोमिसमा ।

यस्तै यावत कुराहरु सोच्दै थिएँ कतिबेला निदाएछु थाहा नै भएन ।

क्रमश:

Wednesday, December 3, 2008

ट्रोमिस एउटा छुट्टै दुनियाँ - III

मैले कहिल्यैपनी त्यस्तो चिज यो ट्रोमिसमा देखेको नै छैन। यस्तो पानी र हावाहुरीमा त्यो त आकाशमा उडिरहेको जस्तो देखिन्थ्यो । त्यो निकै माथि थियो तर रातमा त्यस्को उज्यालो तलसम्म नै आइपुगेको थियो । " Y " shape परेको त्यो बस्तु निकै अनौठो देखिएको थियो । म सोचेर त्यस्लाई हेरिरहेको थिए त्यो त अचानक कत बिलायो । आँफैलाई भ्रम भएछ कि जस्तो लाग्यो । बल्ल इस्टास्टी को छेउ सुरु भयो अब बल्ल म ढुक्क भएँ । पानी पनि रोकिन थालेको थियो । यो राती रोड सफा र रुझेको अनी सिटी लाईट को उज्यालो ले निकै सुन्दर देखिएको थियो इस्टास्टी को सडक ।


मलाई ब्लोविन को घर मा जानु थियो । एकपल्ट फोन गरौ कि भनेर मोलैन मा नम्बर डायल गरें । "हजुर को बोल्नु भयो ?" उताबाट आवाज आयो । " म स्टेला ", मैले यताबाट उत्तर फर्काएपछी ब्लोविन ले कता आइपुगिस भनेर सोध्यो अनी मैले अब १५ मिनटमा उसको घरमा आइपुग्छु भनेर भनेको त साँच्ची हो भन्छ । हो भनेर मोलैन काटे र अलिक स्पीड कुदौन थालें । तर मनमा अघीको त्यो आकाश मा उडेको बस्तुको छाप दर्हो बसेको थियो ।


डोर बेल बजाएर भित्र छिर्दा रातीको १:३५ भएको रहेछ । दिउसो खाएको खाने कुरा को अत्तोपत्तो छैनरैछ भोक लागेको अनुभव बल्ल भयो । ब्लोविन अहिले एक्लै बस्छ उसको घर त नेफिल भन्ने ठाउँमा हो तर अहिले Defence on Anti-Nature भन्ने बिषयमा तिम्बर्किङ (19 year of Studies) गर्दै छ । उसको घर र मेरो घर एक घण्टा को फरक मा छ । हामीले स्कुल जीवन सँगै पार गरेका थियौ त्यसपछी म मेरै घर स्पर्लिन मा बसेर पढ्न थालें अनी ब्लोविन यता इस्टास्टी आयो । धेरै पछी भेटेका थियौ अलिक बुढो देखिन थालिसकेछ ब्लोविन । मलाई अघीको कुराले भित्रभित्रै मन खाइरहेको थियो । म बिखलबन्दमा परें, ब्लोविनलाई भनौ कि नभनौं भनेर । भनौं भने कहाँ यस्तो पानीमा पनि त्यस्तो चिज हुन्छ भनेर मेरै खिल्ली उडाउने पो हो कि नभनौं भने भित्र भित्रै पागल हुन लागि सकें । जेसुकै सोचोस् भनेर भन्ने हिम्मत गरे ।

क्रमश:

Monday, December 1, 2008

" ट्रोमिस " एउटा छुट्टै दुनियाँ - II

Cocktail को नशा अझै बाँकी नै थियो कती बेला निदाइएछ पत्तै भएन ।

म आफ्नै गती मा कार हाँकी रहेको हुन्छु । मलाई धेरै टाढा पुग्नु छ अनी बाटो पनि निकै पुरानो र कच्ची छ साथै city light हरुपनी छैन निकै अध्यारो छ । कुनै एउटा जंगल हुनुपर्छ सायद यो । वारीपारी अजङ्ग का रुख हरु दौडिरहेको जस्तो लाग्छ कार को स्पीड सँगै । म अलिक हतारिएको छु । कुनै पनि बेला जे पनि हुनसक्ने आशँका मनमा लागिरहेको छ । आज किन किन ट्रोमिस मलाई छुट्टै लाग्दै छ । हिजो मात्र पृथ्वी कि के भन्ने ग्रहबाट एउटा छुट्टै किसिमको जन्तुहरु निरिक्षण गर्न आएका भन्ने सुनेको थिए । कतै मलाई एक्लै भेटेर केही गर्ने हुन कि जस्तो लागिरहेको छ । हुन त हाम्रा scientist हरुले पृथ्वी पत्ता लगाइसकेका छन भनेर बिहान ट्रोमिस न्युजमा पढेको थिए तर पनि भित्र भित्र डर चै लाग्दो रहेछ एक्लै हुँदा ।

यत्रा धेरै रुखहरु छन हावा नै चलेको छैन । त्यही भएर पनि म गाडी स्पीड मा कुदाउन सकिरहेको छैन । Air pressure कम भएर हैरान छ । यो हावा बाट चल्ने कार बेचेर बरु अलिक महँगो solar energy बाट चल्ने कार किन्ने प्लान पनि धेरै भइसक्यो तर पैसा कैले नहुने ।

अहिले म ट्रोमिस को राजधानी इस्टास्टी जादै छु । दिउँसो भए त बाहिर को सुन्दरता हेर्दै यात्रा गर्न मज्जा आउथ्यो होला तर यो अन्धकार रात मा मन त्यसै आत्तिएको छ । रातीको १२:३० हुँदैछ अब १ घण्टामा त पुगिन्छ भनेर सोच्दै थिए बाहिर त हुरी पो चल्न थाल्यो अघी हावा नचलेर हैरान अहिले हुरी चलेर हैरान । तर ठिकै भो air store गरेर राख्न पाइयो भन्दै कारलाई Air Store balance मोडमा राखेर हुइकिन थाले ।

हेर्दा - हेर्दै पानी पो पर्न थाल्यो कस्तो छिन - छिनमा पानी पर्नसक्छ यो ट्रोमिसको मौसमको भर नै नहुने । यसरी नै म आफ्नै गतीमा आफ्नो गन्तब्य तिर लागिरहेको हुन्छु । आकाश बाट पानी दर्किरहेको छ साथ मा हुरीले पनि त्यती नै साथ दिदै छ । अलिक टाढा आकाश म यस्तो पानी मा पनि केही उज्यालो फल्दी उडिरहेको देख्छु ।

क्रमश :

Thursday, November 27, 2008

" ट्रोमिस " एउटा छुट्टै दुनियाँ

दिन भरी को कामको चटारो सिध्याएर अफिसबाट निस्कने बेलामा फोन आयो । 'हेल्लो' म सिमान्त बोलेको यार आज मेरो सानो एउटा पार्टी छ तँ जस्सरी पनि आइज है !

जान त खासै मन थिएन तर पनि बचपन देखीको साथी ले त्यती भनिसकेपछी जानै पर्‍यो भनेर गाडी सोझै कोठा तिर नलगी शेख जायद रोड हुँदै सिधै लागे अजमन सिटी तिर । आज बिहीबार, यहाँ त झुमेला को रात भन्छन, भोली शुक्रबार यहाँ सार्वजनिक बिदा को दिन आज को रात चै हाम्रो गूड फ्राइ डे भने जस्तै हो । ट्राफिक अलिक बढी नै भएको ले म गीत सुन्दै गाडी हाँक्दै थिएँ । सि.डि प्लेयर मा Boyzone को words भन्ने गीत बजिरहेको थियो अनी म आफ्नै सुरमा गेअर चेन्ज गर्दै स्टेरिङ्ग दाँया बाँया घुमाउन ब्यस्त थिए । सिटी आउन लागेपछी त्यही अनुसार को गतीमा हिंड्नु पर्‍यो अनी फेरी खासै पार्टी मूड नभएको ले पनि अलिक बिस्तारै नै जाँदै थिएँ म । एक हुल नेपाली केटीहरु को बगाल lulu भन्ने Hypermarket बाट Road Cross गरेर गए । अनी स्टेरिङ्ग दाँया घुमाएर म चै लागे Beach Hotel तिर जहाँ सिमान्त ले पार्टी दिएको थियो ।

गाडी पार्कीङ गरेर राखेर मुल गेट मा जाँदै थिए बाटो मा नै सिमान्त रहेछ । "Welcome My Fren, Welcome " भन्दै हात मिलाउन आइपुग्यो बजिया । के के न ईंग्लिश बोल्ने टोपलेको भनेर मन मनै भन्दै मुख ले चै ईंग्लिश मा नै " Thank You " भने । करीब ९ बजे तिर पार्टी सुरु भयो । उही त हो पार्टी भने पछी drinks त गर्नै पर्ने । आज चै मलाई cuban cocktail खाने मूड चल्यो अनी आँफैले बनाएँ spearment, rum , lime, club soda, को cocktail को स्वाद नै छुट्टै ।

बिदेश मा भए पनि स्वदेश को राजनीति का टिका टिप्पणी हरु, यौवन र स्कुले दिन का यादहरु को कुरा हरु गर्‍यो एकछिन यसो दोहोरी गाएर नाच गान गर्‍यो त्यही त हो, भोली त फेरी उही duty को हतार सबैलाई । करिब १२ बजे तिर पार्टी सकाएर म आफ्नो कोठा तिर लागे । झिलिमिली भएर बलेका बत्ती हरु आज अर्कै लाग्दै थिए मलाई । सधैं देखेकै हो तर पनि आज भिन्नै किसिम को रमाइलो थियो, cocktail को नशा हुनुपर्छ शायद, खोला नै नभएको ठाउँमा बनेका पूलहरु अचम्म को लाग्दै छ आज । यस्तै वाइयत कुराहरु मा अल्झिदै बल्ल आइपुगेँ आफ्नो कोठामा ।

क्रमश....

Monday, November 24, 2008

यो जिन्दगी खै के जिन्दगी

"यो जिन्दगी खै के जिन्दगी " सधैं को एकनासे जिन्दगी, यस्तो जिन्दगी बाँच्न पनि बेक्कार लाग्ने अनी मर्न त झन सकिदै नसकिने । जिन्दगी मा केही नौलो गर्नु पर्‍यो भनेर सोच्यो सोचाइमा नै सिमित भयो बस्यो । आखिर गर्ने पनि के त ?? न त newton को जस्तो उल्टो दिमाग नै पाइयो स्याउ किन माथि जादैन तल नै झर्छ भनेर सोच्ने न त shaekspere को जस्तो सिर्जन शक्ती नै पाइयो न त bill gates को जस्तो सम्पत्ति छ । हुनपनी 147181 sq km जम्मा भु-बनोट भएको देशलाई ८०० जिल्लामा बाड्ने भनेर कागताली मन्त्री पड्काउने देश मा त जन्मिएको कता नयाँ नौलो कुरा पाउने । हिजो को बिहान त्यही मन्त्री गोपाल किराती को हल्ला discuss गर्दा गर्दा गयो । तर पनि यस्तो कुराहरुमा discuss गर्न रमाइलो नै हुने रहेछ त्यो चै एउटा नौलो कुरा पत्ता लाग्यो ।

सधैं एउटै जिन्दगी बिहान ५ बजे उठ्यो नुहायो त्यही पाउरोटी र अन्डा अनी चिया खाउ त्यस पछी चढ बस अनी लाग duty गर्न त्यो नेपाली मा उखान छ नि "कुकुरले कुन्नी के हो नखादै ..... " आफु चै duty गर्न लाग्नु पर्ने कती पछी दौडिने हो पैसा को पछाडि, हरेक कुरा पैसा पैसा पैसा । कहिले पुरा गर्ने खै आफ्नो इच्छा र आकक्षाहरु । हुन त एउटा मान्छे को माया ले कती फरक पार्दछ जिन्दगीमा भने जस्तो आफुलाई त माया गर्ने ले पनी छोडेर गएर होला जिन्दगी नै बिरक्त लागेको । सोच्छु केही धमाका गर्नु पर्‍यो जिन्दगी मा तर खोइ के गर्ने । एउटा नवराज भन्ने दाई ले भने जस्तो Thai lottery पार्नु पर्‍यो भनेको तर टिकट किन्नै मन लाग्दैन ।

Internet मा बस्यो यसो पैसा कमाउने site सर्च गर्न पर्‍यो भन्यो एउटा कोही न कोही टुप्लुक्क आइपुग्छ Hii भन्न chatbox मा अनी त के को खोजमुलक site हो र गर्न थाल्यो च्याट । हिजो यत्तिकै online बसेको एउटा नयाँ ID च्याट गर्न आयो,
spr32 : hii
म : hello who is this ?
spr32 : Spangila here n u?
म : M Bibek here... asl plz
spr32 : 17/f/german
यसरी सुरु भयो च्याट अनी मैले सोधे नेपाल थाहा छ तिमीलाई उसले भनी सुनेको थिए, "Mt. Everest को देश हैन त " । म अलिक फुरुङ हुँदै हो भने । उसले मलाई सोधी एभरेष्ट चढेका छौ कहिल्यै ?

म पनि के कम भनिदिए चढेको छु भनेर त्यसपछी उसले सोधी के देख्यौ एभरेष्ट को टुप्पो बाट? मैले पनि जिस्केर भनिदिए निलो आकाश अनी तल धर्ती मा तिमी जस्तै परीहरु ।

केटी त निकै चलाख निस्की अनी सोधी, " परी सँगै भएको देवदुत लाई चै देखेनौ ?" मैले पनि भनी दिए " तिमी जस्ती परी लाई देख्दा देवदुत को के अर्थ भयो र "

उसले थपी love गरेको छौ अहिले सम्म ? मैले भने " I am not virgin but have not love yet because I have not met someone like you ".

त्यही बेला मोबाईल बज्यो, कस्तो डिस्टर्ब गर्न पर्ने यही बेला भनेर हेरे, रोशन को misscall रहेछ अनी त त्यो च्याट मा पो भन्छ एभरेष्ट को टुप्पो मा पनि टावोर टिप्छ भनेर .... धत साला १७ वर्षे भनेर गफ देको त उल्लो पो भइएछ अनी बन्द गरे च्याट बक्स र काम गर्न थाले । यात्रो १० - १२ वर्ष भयो net मा च्याट गर्न थालेको आज उल्लो बनियो ।

जे होश एकछिन एक्लै हासे अनी सुरु गरे काम गर्न ।

Saturday, November 22, 2008

एउटा मान्छे को माया ले कती

" एउटा मान्छे को माया ले कती फरक पर्दछ जिन्दगीमा " नेपथ्यमा यही गीत बजिरहेको थियो म मेरा जिन्दगीका पाइलाहरु सकी - नसकी अगाडि बढाइ रहेको छु । अनायसै मलाई background मा बजेको गीत ले उस्को सम्झना आउछ । असीमित चाहना धेरै माया गर्थे मैले उस्लाई तर पनि जिन्दगी ले यस्तो मोड मा ल्याएर छोडिदियो जहा बाट म उसँग फेरी फर्केर जान सकिन न त उनी नै मेरो हुन सकिन ।

छ्या म पनि के के सोच्न पुग्छु जस्तो लाग्यो अनी लागे आफ्नै काम तिर । यो खाडी को दुनियाँमा बिहानै ५:३० मा उठेर काम मा जानु पर्ने कस्तो जिन्दगी पाइएछ जस्तो लाग्यो तर पनि के गर्नु जनै पर्‍यो नत्र ५० dhs काट्लान भन्ने डर । आज शनिबार को दिन नेपाल मा भएको भये टन्न सुतेर ९ बजे तिर उठेको याद आयो तर यता त के शनिबार के आईतवार गर भाई काम शुक्रबार एकदिन बिदा हुन्छ त्यही पनि ओवर टाईम गर्नु पर्ने रे हरे शिव कस्तो दुनियाँ मा आइएछ यस्तै सोच्दै कपडा लगाएर हिंडे काम तिर । हिजो बेलुका खाएको रक्सी को hang अझै सम्म थियो । Mobile पनि हिजो पानी मा खसेर बिग्र्यो अनेक हुन्छ नहुने बेलामा ।

बस चढेर काम तिर लागेको त बस मा पनि " एउटा मान्छे को माया ले कती फरक पर्दछ " रे होइन यो माधव दाई पनि के भाको बिहान बिहान यस्तो गीत भनेर कराइदिए आफ्नो ब्यथा लुकाएर नै भए पनि । तर वास्तविक्ता ले त कहाँ छोड्छ र भित्र भित्रै त निकै सम्झिये उनिलाई तर पनि अनुहार मा त्यो भाब ब्यक्त हुन नदिने असफल कोशीस चै गर्नुपर्‍यो ।

दिन भर काम मा ब्यस्त भइयो कसैको माया को पनि याद आएन तर जे भएपनी नारायण गोपाल को यो गीत ले दिन भर मुटु छोइरह्यो । हुनपनी एउटा मान्छे को माया ले कती फरक पर्दछ जिन्दगीमा भन्ने कुरा चै थाहा छ नत्र भने यो खाडी मा किन आउने थिए होला र म ।