दिन भरी को कामको चटारो सिध्याएर अफिसबाट निस्कने बेलामा फोन आयो । 'हेल्लो' म सिमान्त बोलेको यार आज मेरो सानो एउटा पार्टी छ तँ जस्सरी पनि आइज है !
जान त खासै मन थिएन तर पनि बचपन देखीको साथी ले त्यती भनिसकेपछी जानै पर्यो भनेर गाडी सोझै कोठा तिर नलगी शेख जायद रोड हुँदै सिधै लागे अजमन सिटी तिर । आज बिहीबार, यहाँ त झुमेला को रात भन्छन, भोली शुक्रबार यहाँ सार्वजनिक बिदा को दिन आज को रात चै हाम्रो गूड फ्राइ डे भने जस्तै हो । ट्राफिक अलिक बढी नै भएको ले म गीत सुन्दै गाडी हाँक्दै थिएँ । सि.डि प्लेयर मा Boyzone को words भन्ने गीत बजिरहेको थियो अनी म आफ्नै सुरमा गेअर चेन्ज गर्दै स्टेरिङ्ग दाँया बाँया घुमाउन ब्यस्त थिए । सिटी आउन लागेपछी त्यही अनुसार को गतीमा हिंड्नु पर्यो अनी फेरी खासै पार्टी मूड नभएको ले पनि अलिक बिस्तारै नै जाँदै थिएँ म । एक हुल नेपाली केटीहरु को बगाल lulu भन्ने Hypermarket बाट Road Cross गरेर गए । अनी स्टेरिङ्ग दाँया घुमाएर म चै लागे Beach Hotel तिर जहाँ सिमान्त ले पार्टी दिएको थियो ।
गाडी पार्कीङ गरेर राखेर मुल गेट मा जाँदै थिए बाटो मा नै सिमान्त रहेछ । "Welcome My Fren, Welcome " भन्दै हात मिलाउन आइपुग्यो बजिया । के के न ईंग्लिश बोल्ने टोपलेको भनेर मन मनै भन्दै मुख ले चै ईंग्लिश मा नै " Thank You " भने । करीब ९ बजे तिर पार्टी सुरु भयो । उही त हो पार्टी भने पछी drinks त गर्नै पर्ने । आज चै मलाई cuban cocktail खाने मूड चल्यो अनी आँफैले बनाएँ spearment, rum , lime, club soda, को cocktail को स्वाद नै छुट्टै ।
बिदेश मा भए पनि स्वदेश को राजनीति का टिका टिप्पणी हरु, यौवन र स्कुले दिन का यादहरु को कुरा हरु गर्यो एकछिन यसो दोहोरी गाएर नाच गान गर्यो त्यही त हो, भोली त फेरी उही duty को हतार सबैलाई । करिब १२ बजे तिर पार्टी सकाएर म आफ्नो कोठा तिर लागे । झिलिमिली भएर बलेका बत्ती हरु आज अर्कै लाग्दै थिए मलाई । सधैं देखेकै हो तर पनि आज भिन्नै किसिम को रमाइलो थियो, cocktail को नशा हुनुपर्छ शायद, खोला नै नभएको ठाउँमा बनेका पूलहरु अचम्म को लाग्दै छ आज । यस्तै वाइयत कुराहरु मा अल्झिदै बल्ल आइपुगेँ आफ्नो कोठामा ।
क्रमश....
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment