मैले कहिल्यैपनी त्यस्तो चिज यो ट्रोमिसमा देखेको नै छैन। यस्तो पानी र हावाहुरीमा त्यो त आकाशमा उडिरहेको जस्तो देखिन्थ्यो । त्यो निकै माथि थियो तर रातमा त्यस्को उज्यालो तलसम्म नै आइपुगेको थियो । " Y " shape परेको त्यो बस्तु निकै अनौठो देखिएको थियो । म सोचेर त्यस्लाई हेरिरहेको थिए त्यो त अचानक कत बिलायो । आँफैलाई भ्रम भएछ कि जस्तो लाग्यो । बल्ल इस्टास्टी को छेउ सुरु भयो अब बल्ल म ढुक्क भएँ । पानी पनि रोकिन थालेको थियो । यो राती रोड सफा र रुझेको अनी सिटी लाईट को उज्यालो ले निकै सुन्दर देखिएको थियो इस्टास्टी को सडक ।

मलाई ब्लोविन को घर मा जानु थियो । एकपल्ट फोन गरौ कि भनेर मोलैन मा नम्बर डायल गरें । "हजुर को बोल्नु भयो ?" उताबाट आवाज आयो । " म स्टेला ", मैले यताबाट उत्तर फर्काएपछी ब्लोविन ले कता आइपुगिस भनेर सोध्यो अनी मैले अब १५ मिनटमा उसको घरमा आइपुग्छु भनेर भनेको त साँच्ची हो भन्छ । हो भनेर मोलैन काटे र अलिक स्पीड कुदौन थालें । तर मनमा अघीको त्यो आकाश मा उडेको बस्तुको छाप दर्हो बसेको थियो ।
डोर बेल बजाएर भित्र छिर्दा रातीको १:३५ भएको रहेछ । दिउसो खाएको खाने कुरा को अत्तोपत्तो छैनरैछ भोक लागेको अनुभव बल्ल भयो । ब्लोविन अहिले एक्लै बस्छ उसको घर त नेफिल भन्ने ठाउँमा हो तर अहिले Defence on Anti-Nature भन्ने बिषयमा तिम्बर्किङ (19 year of Studies) गर्दै छ । उसको घर र मेरो घर एक घण्टा को फरक मा छ । हामीले स्कुल जीवन सँगै पार गरेका थियौ त्यसपछी म मेरै घर स्पर्लिन मा बसेर पढ्न थालें अनी ब्लोविन यता इस्टास्टी आयो । धेरै पछी भेटेका थियौ अलिक बुढो देखिन थालिसकेछ ब्लोविन । मलाई अघीको कुराले भित्रभित्रै मन खाइरहेको थियो । म बिखलबन्दमा परें, ब्लोविनलाई भनौ कि नभनौं भनेर । भनौं भने कहाँ यस्तो पानीमा पनि त्यस्तो चिज हुन्छ भनेर मेरै खिल्ली उडाउने पो हो कि नभनौं भने भित्र भित्रै पागल हुन लागि सकें । जेसुकै सोचोस् भनेर भन्ने हिम्मत गरे ।
क्रमश:

No comments:
Post a Comment