Sunday, December 7, 2008

" ट्रोमिस " एउटा छुट्टै दुनियाँ - VI

" सुन्दरता तिम्रो यस्तो छ हेरेर आँखा कहिले नथाक्ने " ब्लोडिमस को यो गीत कारमा लगाएर बिस्तारै खाजा खाने होटेल खोज्दै थिएँ । एउटा सफा चिटिक्क परेको होटेल भेटियो । ढोकामा देख्दै डर लाग्ने भुस्तिघ्रे को सलामलाई अभिवादन फर्काएर भित्र पसेर कुनाको टेबल मा बसें । एउटा सुन्दर जवान युवती आएर खाजा के लिने भनेर सोधी । मैले मलाई मन पर्ने क्रोविस र टरवाइन को ३ पेग मगाएँ । पानी परेकोले ज्यान अलिक चिसो भएको थियो ।

होटेल को झ्यालबाट बाहिर हेर्दै खाजा खाँदै थिएँ । मैले आकाशमा फेरी त्यस्तै नौलो चिज देखें । रक्सी लागिसकेछ कि क्या हो भनेर आँफैलाई एकपल्ट चिमोटें । तर त्यो त झन झन ठुलो अनी तल तल झर्दै थियो । मैले मेरो मोलिनबाट भिडियो खिच्ने कोशीस गर्दै थिए मोलिन आँफै स्विच अफ भयो । ब्याट्ट्री त पुरै थियो कसरी यो सम्भव भयो अचम्म लाग्यो । वरपरका मान्छेहरु पनि मोलिन के भयो भनेर हेर्दै थिए । सबैको मोलिन एकैसाथ स्विच अफ हुनु एउटा चमत्कारजस्तै भयो । त्यो चिज हेर्दा-हेर्दै निकै तल आयो शायद त्यही मेरिन नदी को किनार वरपर को जंगल छेउमा झर्ने कोशीसमा थिए । त्यसपछी एउटा ठुलो आवाजसँगै त्यो चिज हरायो । शायद त्यो चिज झरेको हुनुपर्छ । सबैजना के भयो कसो भयो कहाँ भयो केही भन्न सकेनन । सबैको आँखामा एउटा त्रास स्पष्ट देखिन्थ्यो । म पनि निकै त्रसित भएँ । ब्लोविनलाई फोन गर्न मोलिन पनि बिग्रियो अब म के गर्ने सोच्नै सकिन ।
क्रमश:

No comments: