हिजो बेलुका ढिला सुतेको भएर होला आज बिहान ९ बजे मात्र आँखा खुल्यो त्यहीपनी ब्लोविनले उठाएर मात्र । आज को मौसम निकै खराब छ । बिहानै पानीका छिटा पर्दैछन । आकाश गर्जिरहेको छ र गर्जाइमा बिजुलिले पनि साथ दिएको छ । मलाई पटक्कै मन पर्देन यस्तो मौसम । बिहान उठेर नास्ता खाँदै गफ गर्दै थियौं अनी साथमा " ट्रोमिस टाईम्स " पढिरहेको थिएँ । आजको मुख्य समाचार नै unknown flying Things (UFT) को बारेमा रहेछ । अनी इस्टास्टीको बैज्ञानीक सभा हलमा आज यसै बिषयमा सेमिनर चल्दै रहेछ । यसो सोचे आज त्यतै जानुपर्छ कि भनेर । अनी ब्लोविनलाई जाउँ भनेर भनेको उसको त आज मिनिसा सँग डेटिङ छ रहेछ । मिनिसा ब्लोविन कि गल्फ्रेन । जहाँसम्म मलाई याद छ यिनिहरुको सम्बन्ध गासिएको ५ वर्ष पनि बढी भइसकेको छ । एकपल्ट मलाई ब्लोविन ले उनिहरुको सम्बन्धको बारेमा मेलमा लेखेको थियो । मिनिसा अहिले "ट्रोमिस एअर फोर्स " मा क्याप्टेन रहिछिन । एउटा anti nature पढ्ने अर्को बिज्ञानले गरेको चमत्कारसँगै हावा मा उड्ने अलिक नमिलेको जोडी हो कि भनेर मन मनै सोचे ।

अब म आएको मेरो ब्यवसाय को कामको लागि म पनि अचम्मैको मान्छे आफ्नो बिषय नै होइन निकै निती-खोजी गर्नुपर्ने । तरपनी कुनै बिषयमा ज्ञान राख्दा के नै हुन्छ र जस्तो लाग्यो । त्यसैले जाने निधो गरें । टिकट को १२०० मिनाल रहेछ । ब्लोविन मलाई ढोकाको चापी दिएर गयो मिनिसालाई भेट्न, म पनि एकछिन समाचार पढेर ब्रेकफास्ट गरेर निस्किएँ आफ्नो गन्तब्यतिर । बाटोमा मेरिन को किनार हुँदै जानु पर्ने रहेछ । बाहिर देखिएका मेरिनको छालहरु हेर्दै अनी इस्टास्टीको सुन्दर सफा रोडहरुको मनमनै बयान गर्दै ठीक १२ बजे पुगें सभा हलमा । भित्र पुगेपछी देखें त्यहाँ अहिले सम्म देखिएका UFT का photo हरुसँगै " Mission Eliminate UFT " लेखिएको स्क्रीन थियो । कोही चिन्तित मुद्रामा त कोही अचम्मित मुद्रामा ।
भनेको समयमानै सेमिनार सुरु भयो । आज को मुख्य अतिथी Defence Minister निकिमु थिए । उनले अब ट्रोमिस त्यसै चुप लागेर बस्न नहुने र यसको समाधान चाडै नै गर्नु पर्ने र त्यसको लागि सबै बैज्ञानीकहरुलाई ट्रोमिसलाई घेरेर राख्ने एउटा पातलो Orbitsphere जमिन भन्दा ६०० किमी माथि बनाउने घोषणा गरे । त्यसको लागि चाहिने सम्पूर्ण आर्थिक, भौतिक, बैज्ञानीक लगायत सबैकुराहरुको लागि अब २ दिन भित्र सरकारले सबै कुर बिनियोजन गर्ने कुरा गरे । साथै अब त्यस्तो केहीचिज फेरी देखिएमा Air Force लाई सम्पूर्ण कारबाही गर्ने पूर्ण अधिकार दिए । जेहोस देशमा यस्ता मन्त्रीहरु भएर नै देश शान्त र सुन्दर छ । हरेक निर्णयहरु छिटो अनी भरपर्दो गर्ने खुबीकै कारण निकिमु Defence Minister मा टिकिरहेका हुन । आज यिनै घोषणाहरु सँगै सेमिनार अन्त्य भयो । घडीमा ३:३० भइसकेको थियो । बाहिर मुसलधारे पानी परिरहेको थियो । म चाँही अब केही खानु पर्यो भनेर होटेल खोज्दैछु ।
क्रमश :

No comments:
Post a Comment